Loading...
Logo
Image

कालोबजारी गर्ने सुलभ अग्रवाललाई थप १० दिन हिरासतमा राख्न अनुमति

मेरो अनलाइन

काठमाडौं, बैशाख ७ गते आईतबार ।  थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।
महानगरीय अपराध महाशाखाले अग्रवाललाई अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थपका लागि जिल्ला प्रशासनमा पेश गरेको थियो ।

कालोबजारी गरेको कसुरमा उनीमाथि अनुसन्धान गर्न यसअघि प्रशासन कार्यालयले पहिलो पटक ७ दिन र त्यसपछि ५ दिन अनुमति दिएको थियो ।
 
कीर्गिस्तानका अवैतनिक महावाणिज्यदूतसमेत रहेका अग्रवालले लकडाउनको समयमा पाँच हजार रुपैयाँ पर्ने ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेको आरोपमा महानरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई गत चैत २५ गते नक्सालबाट पक्राउ गरेको थियो ।

Comments

KATHMANDU WEATHER