Loading...
Logo
Image

कैलालीका कोरोना संक्रमित युवक निको भएर घर फर्किए

 मेरो अनलाइन 
काठमाडौं, बैशाख ७ गते आईतबार । सेती प्रादेशिक अस्पतालमा भर्ना भएका एक युवक निको भएर आज डिस्चार्ज भएका छन् । 
कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएसँगै आइतबार उनलाई अस्पतालले डिस्चार्ज गरेको हो ।
सेती प्रादेशिक अस्पतालमा अन्य ४ जना संक्रमितको उपचार जारी छ । धनगढी उप–महानगरपालिका-५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीया भाउजू, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो र लम्की चुहा नगरपालिका-१ कि ६५ वर्षीया महिलाको दोस्रो रिपोर्ट पोजेटिभ आएको उपचारमा संलग्न सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए ।


अस्पतालबाट डिस्चार्ज भए पछि पत्रकार सम्मेलनमा बाेल्दै २१ वर्षीया युवकले अस्पतालमा उपचार राम्राे भएकाे बताए । उनले १५ दिन अलग्गै बस्ने र अरूलाइ पनि काेराेना संक्रमणबारे सजग बनाउने बताए । 

Comments

KATHMANDU WEATHER