Loading...
Logo
Image

सर्लाहीका १४ वर्षीय बालकको पीसीआर रिपोर्ट नेगेटिभ


मेरो अनलाइन 
काठमाडौं, बैशाख ७ गते आईतबार । सर्लाहीको धनकौलका १४ वर्षीय बालकमा कोरोना भाइरस (कोभिड–१९) नरहेको पुष्टी भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंमा पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ अर्थात कोरोना नरहेको पाइएको हो । गत चैत २३ गते भारतको दिल्लीबाट आएर धनकौल गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसिरहेका बालकको सुक्रवार र्यापिड डाइग्नोष्टिक टेष्टमा एन्डिबडी पोजिटिभ देखिएको थियो । बालकसँगै क्वारेन्टाइनमा बसेका अर्का एक पुरुषको भने आरडीटी टेष्ट नेगेटिभ आएको थियो । लगत्तै दुवै जनालाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा लगेर भर्ना गरिएको थियो ।

दुबैजनाको स्वाब काठमाण्डौं लगेर पीसीआर विधीबाट परीक्षण गर्दा आइतवार नेगेटिभ रिपोर्ट आएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मोहनबहादुर जिसीले जानकारी दिए । १४ वर्षीय बालकको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि त्रसित भएका धनकौलका स्थानीय वासिन्दासँगै सर्लाहीवासी पीसीआर रिपोर्ट नेगेटिभ देखिएपछि खुशी भएका छन् ।

स्रोत: Gorkhapatra Online

Comments

KATHMANDU WEATHER