- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
काठमाडौं, बैशाख ७ गते आईतबार । सर्लाहीको धनकौलका १४ वर्षीय बालकमा कोरोना भाइरस (कोभिड–१९) नरहेको पुष्टी भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंमा पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ अर्थात कोरोना नरहेको पाइएको हो । गत चैत २३ गते भारतको दिल्लीबाट आएर धनकौल गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसिरहेका बालकको सुक्रवार र्यापिड डाइग्नोष्टिक टेष्टमा एन्डिबडी पोजिटिभ देखिएको थियो । बालकसँगै क्वारेन्टाइनमा बसेका अर्का एक पुरुषको भने आरडीटी टेष्ट नेगेटिभ आएको थियो । लगत्तै दुवै जनालाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा लगेर भर्ना गरिएको थियो ।
दुबैजनाको स्वाब काठमाण्डौं लगेर पीसीआर विधीबाट परीक्षण गर्दा आइतवार नेगेटिभ रिपोर्ट आएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मोहनबहादुर जिसीले जानकारी दिए । १४ वर्षीय बालकको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि त्रसित भएका धनकौलका स्थानीय वासिन्दासँगै सर्लाहीवासी पीसीआर रिपोर्ट नेगेटिभ देखिएपछि खुशी भएका छन् ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments