Loading...
Logo
Image

बाजुराका २ जनामा कोरोना पोजेटिभ देखियाे

मेरो अनलाइन 
काठमाडौं, बैशाख ८ गते सोमबार । र्‍यापिड टेस्ट (आरडीटी) मा बाजुराको त्रिवेणी नगरपालिकामा २ जनामा पोजेटिभ देखिएको छ । पहिलो चरणमा २ जनामा कोरोना संक्रमण २ जनामा पोजेटिभ देखिएकोमा दोस्रो चरणमा १ जनामा मात्र देखिएको छ।

र्‍यापिड टेस्ट गर्ने क्रममा पहिलो चरणमा २२ वर्षका युवक र ६० वर्षका व्यक्तिमा पोजेटिभ देखिए पनि दोस्रो चरणमा भने ६० वर्षीय व्यक्तिमा पाेजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । 

दोस्रो पटक र्‍यापिड टेस्ट गर्दा पनि ६० वर्षीय व्यक्तिमा पोजेटिभ देखिएको र २२ वर्षीय युवकमा नेगेभिट देखिए पनि स्वाब परीक्षणका लागि पठाउने तयारी गरिएको बुझिएको छ ।


दुवै जना २ चैतमा भारतबाट आएको बुझिएको छ । ६० वर्षीय व्यक्ति सम्पर्कमा आए पनि अर्का युवक भने सम्पर्कबाहिर रहेको बुझिएको छ । स्वास्थ्य कार्यालय बाजुराले यति बेला जिल्लामा र्‍यापिड टेस्ट गरिरहेको छ ।

Comments

KATHMANDU WEATHER