Loading...
Logo
Image

चैतको तलब पूरै,वैशाखमा आधा मात्रै !

मेरो अनलाइन 
काठमाडौं, बैशाख ८ गते सोमबार । निजी क्षेत्रका उद्योग प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई चैत महिनाको पूरै तलब दिने सहमति भएको छ ।  तर लकडाउन लम्बिदै गएमा वैशाखको भने आधा मात्र पाउने भएको छ । 

गत चैत ११ गतेदेखि लकडाउन गरेपछि सरकारले कर्मचारीको चैतको तलब दिन भनेको थियो । तर उद्योगीहरूले बन्द अवधिमा पूरै तलब दिन नसक्ने बताएका थिए । 
आइतबार उद्योग मन्त्रालय, व्यवसायीका छाता संगठन र मजदुर युनियनबीच भएको छलफलमा सरकारको निर्णय अनुसार संगठित क्षेत्रमा कार्यरत मजदुरलाई चैतको तलब दिने लिखित र वैशाखबाट नयाँ खालको निर्णय गर्ने मौखिक सहमति भएको छ ।

व्यवसायीहरूले वैशाखबाट सरकारलाई पारिश्रमिक भुक्तानीको सम्बन्धमा भने कामदारको कुल तलबको आधा मात्रै दिने, पूरै तलब दिनेभए त्यसमा श्रमिक, उद्योगी र सरकारले बराबरी ३३.३३ प्रतिशत योगदान गर्ने वा प्रतिष्ठान स्तरमा मजदुर र मालिकबीच सहमति गरेर अघि बढ्ने विकल्प दिइएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, साना तथा घरेलु उद्योग महासंघ, होटल एसोसियसन नेपाललगायतको सहमतिमा रोजगारदाता परिषद् दिएको सुझावमा आधारमा यस्तो विकल्प दिइएको हो । 
लकडाउनमा पनि पूर्णरुपमा सञ्चालनमा रहेका उद्योगले भने पूरै पारिश्रमिक दिनुपर्ने छ । 

चैतको हकमा सरकारी निर्णयअनुसार भएपनि वैशाखबाट उद्योग प्रतिष्ठान बन्द रहेको अवधिको पूरै तलब दिन नसकिने अडान उद्योगीहरूको छ । 
 

Comments

KATHMANDU WEATHER