- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
काठमाडौं, बैशाख ८ गते सोमबार । निजी क्षेत्रका उद्योग प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई चैत महिनाको पूरै तलब दिने सहमति भएको छ । तर लकडाउन लम्बिदै गएमा वैशाखको भने आधा मात्र पाउने भएको छ ।
गत चैत ११ गतेदेखि लकडाउन गरेपछि सरकारले कर्मचारीको चैतको तलब दिन भनेको थियो । तर उद्योगीहरूले बन्द अवधिमा पूरै तलब दिन नसक्ने बताएका थिए ।
आइतबार उद्योग मन्त्रालय, व्यवसायीका छाता संगठन र मजदुर युनियनबीच भएको छलफलमा सरकारको निर्णय अनुसार संगठित क्षेत्रमा कार्यरत मजदुरलाई चैतको तलब दिने लिखित र वैशाखबाट नयाँ खालको निर्णय गर्ने मौखिक सहमति भएको छ ।
व्यवसायीहरूले वैशाखबाट सरकारलाई पारिश्रमिक भुक्तानीको सम्बन्धमा भने कामदारको कुल तलबको आधा मात्रै दिने, पूरै तलब दिनेभए त्यसमा श्रमिक, उद्योगी र सरकारले बराबरी ३३.३३ प्रतिशत योगदान गर्ने वा प्रतिष्ठान स्तरमा मजदुर र मालिकबीच सहमति गरेर अघि बढ्ने विकल्प दिइएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, साना तथा घरेलु उद्योग महासंघ, होटल एसोसियसन नेपाललगायतको सहमतिमा रोजगारदाता परिषद् दिएको सुझावमा आधारमा यस्तो विकल्प दिइएको हो ।
लकडाउनमा पनि पूर्णरुपमा सञ्चालनमा रहेका उद्योगले भने पूरै पारिश्रमिक दिनुपर्ने छ ।
चैतको हकमा सरकारी निर्णयअनुसार भएपनि वैशाखबाट उद्योग प्रतिष्ठान बन्द रहेको अवधिको पूरै तलब दिन नसकिने अडान उद्योगीहरूको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments