- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख ८ गते सोमबार ।
सरकारले वैशाख १५ पछि लकडाउनको स्वरुप परिमार्जन गर्ने तयारी सुरु गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिमलाई तीन वर्गमा विभाजन गरेर त्यसैअनुसार लकडाउनको स्वरुपमा निर्धारण गर्ने तयारी थालेको हो।
‘यस्तै तरिकाले वैशाख १५ पछि लकडाउन जाँदैन। यसको स्वरुपमा परिवर्तन गर्नेगरी तयारी गरेका छौं,’ स्वस्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले नेपालखबरसँग भने, ‘अन्य मन्त्रालयले पनि आआफ्नै तरिकाले तयारी गरिरहेका छन्। देशभर अहिलेजस्तै लकडाउन धान्न सक्ने अवस्था छैन।’
सरकारले कोरोना भाइरस संक्रमण रोक्न चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको छ।
कार्कीले बढी संक्रमण देखिएको क्षेत्र (हट स्पट) मा अहिलेको भन्दा कडा लकडाउन गर्ने र बाँकी क्षेत्रमा लकडाउन क्रमशः खुकुलो गर्दै लैजाने योजना रहेको बताए।
जोखिम कम रहेको क्षेत्रमा निजी सवारी साधन, कलकारखाना र खेतीपाती गर्न दिने सरकारको तयारी रहेको कार्कीले बताए।
सार्वजनिक यातायात चल्न नदिने तर मोटरसाइकल, कारलगायत व्यक्तिगत सवारी साधन चल्न दिनुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ। जसअनुसार मोटरसाइकलमा एक जना मात्रै र कारमा चार जना मात्रै बस्न मिल्ने गरी सञ्चालन गर्न दिइनेछ।
थप पढ्नुहोस् :https://nepalkhabar.com/society/24945-2020-04-19-15-07-10
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments