- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
काठमाडौं, बैशाख ८ गते सोमबार । सरकारले सबै सरकारी कर्मचारीलाई पालैपालो एक महीना पर्यटन विदा दिने गरी योजना बनाइरहेको छ। आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि सरकारले पर्यटन बिदा नीति अघि सारेको हो ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले कोरानाका कारण पर्यटन क्षेत्रका परेको प्रभाव र आगामी योजनाका बारेमा आयोजना गरेको भिडियो कन्फरेन्समा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रबर्द्धनको लागि सरकारले निश्चित प्याकेज दिएर कर्मचारीलाई पर्यटन बिदा दिने तयारी गरिरहेको बताए ।

'कोरोना महामारी अन्त्य हुँदा पनि तत्काल विदेशी पर्यटक ल्याउन सकिने अवस्थामा छैन । अब हामीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने हो,'अन्तर्क्रियामा मन्त्री भट्टराईले भने, 'आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पवर्यटन बिदा दिन सकिन्छ, सरकारी, निजी, संगठित वा असंगठित सबै क्षेत्रलाई १ महिना पर्यटन बिदा भयो भने पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्छ ।
योजना आयोग र अर्थ मन्त्रालयसँग पर्यटन क्षेत्रमा भएको क्षतिलाई परिपूर्ति गर्न आगामी बजेटमा विशेष कार्यक्रम ल्याउने गरी निरन्तर छलफल भइरहेको साथै क्षतिको आकलनको लागि नेपाल पर्यटन बोर्डले अध्ययन गरिरहेको उनले बताए ।
सराकारले पर्यटन प्रबर्द्धनको लागि नेपाल भ्रमण बर्ष २०२० शुरु गरेपनी कोरोना भाईरसको महामारिका कारण बिचमै स्थगित गरेको थियो ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments