- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
काठमाडौं, बैशाख ८ गते सोमबार । सरकारले कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा उपचार कोषमा जम्मा गर्न सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब नकाट्न निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेसंगै सामाजिक सन्जालमा चर्को आलोचना भैरहेकोबेला सम्बन्धित निकायलाई पत्राचार गरेर सरकारले यस्तो निर्देशन दिएको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले संकटको बेला ड्युटिमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा नगर्न पत्र पठाइसकेको बताएको छ ।
प्रहरी प्रधान कार्यालयले अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णयको सर्बत्र आलोचना भएपछी प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालिले बिपतको बेला सहयोग गर्न पाउनु गौरवको कुर भएको तर अनिबार्य भने नभएको बताएका थिए । स्वास्थ्य मन्त्रालयले पनि तलब कट्टा गर्न कतैबाट निर्देशन नआएको बताएको थियो ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments