Loading...
Logo
Image

सरकारले भन्यो स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टा नगर्नु

मेरो अनलाइन
काठमाडौं, बैशाख ८ गते सोमबार । सरकारले कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा उपचार कोषमा जम्मा गर्न सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब नकाट्न निर्देशन दिएको छ । 

प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेसंगै सामाजिक सन्जालमा चर्को आलोचना भैरहेकोबेला सम्बन्धित निकायलाई पत्राचार गरेर सरकारले यस्तो निर्देशन दिएको हो । 
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको आज बसेको  बैठकले संकटको बेला ड्युटिमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा नगर्न पत्र पठाइसकेको बताएको छ । 
प्रहरी प्रधान कार्यालयले अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णयको सर्बत्र आलोचना भएपछी प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालिले बिपतको बेला सहयोग गर्न पाउनु गौरवको कुर भएको तर अनिबार्य भने नभएको बताएका थिए । स्वास्थ्य मन्त्रालयले पनि तलब कट्टा गर्न कतैबाट निर्देशन नआएको बताएको थियो ।  

Comments

KATHMANDU WEATHER