- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख ९ गते मंगलबार । धादिङको थाक्रे गाउँपालिका-३ मल्दुङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर मृत्यु हुनेमा २३ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ छन्।
सोमबार साँझ हावाहुरीसहित आएको चट्याङले ट्रान्सर्फमर पड्किदाँ करेन्ट लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा थाक्रे गाउँपालिका वडा नं ३ भुजेलटोल बस्ने ४५ वर्षीय सानुमान तामाङ र वडा नं ३ बिचारीटोलका २३ वर्षीय सागर अर्याल रहेको धादिङका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी रुपक खड्काले रुपक खड्काले बताए ।
घरभित्र जतातातै करेन्ट लाग्न थालेपछि विजुलीको स्विच अफ गर्न चार्जमा रहेको मोवाईल झिक्न खोज्दा करेन्ट लागेर घाइते भएका सात जना मध्ये ३९ वर्षीय निर्ममाया तामाङ र २४ वर्षीय रुपक अर्यालको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अन्य घाईतेहरु ५२ वर्षीय धनकुमारी तामाङ, ७० वर्षीय तारासिंह तामाङ, ६४ वर्षीय कान्छी तामाङ, ३६ वर्षीय सानु तामाङ, ६३ वर्षीय ठूली तामाङका स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । रासस
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments