Loading...
Logo
Image

अनामनगरको भाटभटेनी बन्द

 
मेरो अनलाइन 
काठमाडौं, बैशाख ९ गते मंगलबार । काठमाडौंको अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट वडा कार्यालयको निर्देशनमा बन्द गरिएको छ । कोरोना भाइरस -कोभिड-१९) को संक्रमण फैलन नदिन अन्य पसलहरु बन्द भए पनि भाटभटेनीका उपत्यकाका सबै शाखाहरु भने खुल्ला गरिएको थियो ।  

साना पसलहरु सबै बन्द भए पनि राजनीतिक पहुँचका आधारमा भाटभटेनीले दिनभर खुला गर्ने गरेको र त्यसबाट कोरोना संक्रमण हुनसक्ने भएकोले  बन्द गराउन निर्देशन दिएको काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले जानकारी दिए ।  

वडाभित्र रहेका किराना, दुध तथा तरकारी पसललाई बिहान ५ देखी ९ बजे सम्म खोल्ने अनुमती दिएकोमा भाटभटेनीले भने अटेर गरी खोलेकोले सुचना टांसेर बन्द गर्न निर्देशन दिएको उनले बताए । बाहिर दूरी कायम गर्न भनिए पनि भित्र भने भीड लाग्ने गरेको र त्यसबाट संक्रमण फैलने  जोखिम रहेको भन्दै भाटभटेनी बन्द गराउन वडाध्यक्षले निर्देशन दिएका हुन्।  
आफ्नो क्षेत्रका नागरिकलाई सुरक्षित राख्नुपर्ने दायित्व स्थानिय तहको भएकोले सबैलाई एउटै मापदण्ड कायम गरिएको उनले बताए । 

Comments

KATHMANDU WEATHER