- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
काठमाडौं, बैशाख ९ गते मंगलबार । काठमाडौंको अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट वडा कार्यालयको निर्देशनमा बन्द गरिएको छ । कोरोना भाइरस -कोभिड-१९) को संक्रमण फैलन नदिन अन्य पसलहरु बन्द भए पनि भाटभटेनीका उपत्यकाका सबै शाखाहरु भने खुल्ला गरिएको थियो ।
साना पसलहरु सबै बन्द भए पनि राजनीतिक पहुँचका आधारमा भाटभटेनीले दिनभर खुला गर्ने गरेको र त्यसबाट कोरोना संक्रमण हुनसक्ने भएकोले बन्द गराउन निर्देशन दिएको काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले जानकारी दिए ।
वडाभित्र रहेका किराना, दुध तथा तरकारी पसललाई बिहान ५ देखी ९ बजे सम्म खोल्ने अनुमती दिएकोमा भाटभटेनीले भने अटेर गरी खोलेकोले सुचना टांसेर बन्द गर्न निर्देशन दिएको उनले बताए । बाहिर दूरी कायम गर्न भनिए पनि भित्र भने भीड लाग्ने गरेको र त्यसबाट संक्रमण फैलने जोखिम रहेको भन्दै भाटभटेनी बन्द गराउन वडाध्यक्षले निर्देशन दिएका हुन्।
आफ्नो क्षेत्रका नागरिकलाई सुरक्षित राख्नुपर्ने दायित्व स्थानिय तहको भएकोले सबैलाई एउटै मापदण्ड कायम गरिएको उनले बताए ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments