Loading...
Logo
Image

कुहिएको चामल बाँडेपछी कलैयाका मेयरलाई प्रहरीले पक्राउ गर्‍यो

मेरो अनलाइन 
काठमाडौं, बैशाख ९ गते मंगलबार। विपन्न परिवारलाई राहतमा कुहिएको चामल बाँडेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले उनलाई कलैयाबाट नियन्त्रणमा लिएको बताइएको छ ।  

मेयर रायले राहत बितरण गर्दा गुणस्तरहीन चामल, दाललगायतका वस्तु वितरण गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  

कलैया उपमहागरपालिकाका बिभिन्न ठाउंमा वितरण गरिएको चामल, दाल कुहिएको भेटिएकोपछी राहत लिएकाहरुले फिर्ता गर्दै वितरण गर्नेलाई कारवाही माग गरेका थिए ।

कुहिएको दाल बेचेको अभियोगमा संलग्न ८ जनालाई यसअघि नै पक्राउ गरिएको छ । राहतको नाममा पक्राउ परेका ५ जना वडा अध्यक्ष, एक जना सचिव र दाल मिलका सञ्चालक सहित अन्यगरि आठ जनाले दिएको वयानका आधारमा नगर प्रमुख यादव दोषी देखिएको हुँदा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ पर्नेमा कलैया उमनपा–१ का वडाध्यक्ष हरिओम साह सोनार, वडा नं. ७ का अध्यक्ष सरफुल्लाह अन्सारी, वडा नं. ११ का अध्यक्ष सर्वनारायण चौधरी, वडा नं. १३ का अध्यक्ष राजन प्रसाद पटेल र वडा नम्बर २६ का अध्यक्ष महेश साह, वडा नं.२० का सचिव खेदु मियाँ, सोही ठाउँ वडा नं. ७ स्थित रहेका यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगंज स्थित रहेका धन लक्ष्मी दाल मिलका सञ्चालक तेजकरण शर्मा रहेका छन् ।

 

Comments

KATHMANDU WEATHER