Loading...
Logo
Image

अध्यादेश तत्काल फिर्ता लिन कांग्रेसको माग

मेरो अनलाइन 
काठमाडौं, बैशाख ९ गते मंगलबार । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको छ।
विश्व कोरोना भाइरससँग लडिरहेका बेला मूल विषयभन्दा बाहिर गएर अध्यादेश आउनु खेदजनक भएको उल्लेख गर्दै आज बिहान बसेको कांग्रेस पदाधिकारीहरूको बैठकले अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले सरकारले सोमबार जारी गरेका विधेयकहरू फिर्ता लिन माग गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
संकटको घडीमा कोरोनासँग लड्न सरकारलाई प्रतिपक्षी दलले समेत सम्पूर्ण सहयोग गरिरहेको अवस्थामा गलत नियत र गलत समयमा नियोजित निर्णय गरिनु दुःखद भएको कांग्रेसले जनाएको छ। लक डाउनको समयमा पर्याप्त राहत नपाएर मानिसहरु हिँड्दै गाउँ गइरहेको अवस्थामा सरकारले त्यसलाई सम्बोधन गर्नुको सट्टा नियोजित रुपमा अध्यादेश ल्याउनु दुःखद भएको प्रवक्ता शर्माले बताए। 
जनताहरु घरभित्रै कष्टकर जीवन विताइरहेको उल्लेख गर्दै उनले जोखिम मोलेर काम गरिरहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग अध्यादेशको कुनै सम्बन्ध नभएकोले फिर्ता लिनुपर्ने बताए।

Comments

KATHMANDU WEATHER