Loading...
Logo
Image

उदयपुर जिल्ला सील गर्ने प्रदेश सरकारको निर्णय

मेरो अनलाइन 
काठमाडौं, बैशाख ९ गते मंगलबार । उदयपुरमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै प्रदेश सरकारले उदयपुर जिल्ला सील गर्ने निर्णय गरेको छ । 
प्रदेश सरकारले मंगलबारबाट पुरै जिल्लालाई चारैतिरबाट सील गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि यस्तो निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले उदयपुर जिल्लाभित्रै अन्य ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा उदयपुरबाट अन्य जिल्लामा पनि संक्रमण फैलिन नदिन पूर्ण रुपमा लकडाउनका साथै सिल गर्ने निर्णय गरिएको बताए।
जिल्ला सुरक्षा समितिको बैठक बसेर सर्वदलीय संयन्त्रको सहयोगमा जिल्लालाई पूर्ण लकडाउन र सिल गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको बताउदै उनले भने 'नेपाली सेनालाई थप सकृय बनाउन र परिक्षणको दायरा अझै बढाउन संघिय सरकारलाई अनुरोध गरेका छौ ।'
यसको लागि २ नम्बर प्रदेश सरकारसँग पनि समन्वय गरिएको उनले बताए।

Comments

KATHMANDU WEATHER