Loading...
Logo
Image

पार्टी एकतामा आघात पुग्ने गतिविधि कसैले नगर्न माधव नेपालको अपील


मेरो अनलाइन 
काठमाडौं, बैशाख ९ गते मंगलबार । पुर्व प्रधानमन्त्री तथा नेपाल क्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले विषम परिस्थितिमा पार्टी एकतामा आघात पुग्ने गतिविधि सरकार र पार्टी कहिं कतैबाट पनि नगर्न अपील गरेका छन्। 
आज एक विज्ञप्ति जारी गर्दै कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणमा सरकार, आफ्नो पार्टीसहित अन्य पार्टीका नेता, कार्यकर्ता र जनताको ध्यान केन्द्रित हुनुपर्ने साथै अहिले विकसित कतपिय घटनाक्रमले पार्टीपङ्ती र आम नेपालीमा अनेकौं आशंका र चिन्ता उत्पन्न भएको भन्दै नेता/कार्यकर्तालाई एकताप्रति संवेदनशील हुन र आपसी हार्दिकता अभिवृद्धि गर्दै पार्टी काममा क्रियाशिल रहन अपील गरेका हुन् । 

मुलुक चुनौतिपूर्ण अवस्थामा रहेको बेलामा पार्टीको दायित्व अझै बढेको भन्दै उनले संविधान र कानूनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्न सक्ने गतिविधि गर्न नहुने बताएका छन्। 
नेता नेपालले पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ-आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीको ७१ औं स्थापना दिवसको अवसर पारेर उनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहमबाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो ।’

Comments

KATHMANDU WEATHER