Loading...
Logo
Image

मजदुर बोकेर रामेछाप जाँदै गरेको बस मन्थलीमा दुर्घटना

 मेरो अनलाइन

काठमाडौं, बैशाख १० गते बुधबार । काठमाडौंबाट खुर्कोट हुँदै रामेछापबाट दोलखा जाँदै गरेको बस मन्थलिमा दुर्घटना भएको छ । 

काठमाडौंबाट ३९ जना मजदुर बोकेर दोलखा गइरहेको बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे मन्थली नगरपालिका–६, कुनौरिमा दुर्घटना भएको हो । दुर्घटनामा १ जना गम्भिर घाइते र २९ जनालाई सामान्य चोटपटक लागेको छ भने अन्यको अवस्था समान्य रहेको बताइएको छ। गम्भिर घाइते तामाकोशी गाउँपालिका ३ दोलखाकी इन्दिरा पोखरेललाई उपचारको लागि काठमाडौं लगिएको छ ।   \


दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Comments

KATHMANDU WEATHER