Loading...
Logo
Image

कोरोनामा सेवा दलको सक्रियता

काठमाडौं, बैशाख १० गते बुधबार । कोभिड १९ (कोरोना भाईरस) को महामारी  रोकथाम तऱ्था नियन्त्रण कार्यमा राष्ट्रिय सेवा दलले एनसिसि तालिम लिएका पूर्व क्याडेटहरूलाई परिचालन गर्ने भएको छ ।

बिश्वमा कोभिड १९ को प्रकोप बढेसंगै नेपालमा पनि लकडाउन सुरू हुनु पूर्वदेखिनै पूर्व क्याडेटहरूले सक्रियता देखाएका छन् ।

एन.सि.सि.एल्मुनाई एशोसियशन नेपाल मार्फत कोभिड १९ को सम्बन्धमा जनचेतना जगाउॅंने,राजधानि लगायतका स्थाहरूमा हातधुने ठाउॅंहरू बनाई साबन पानिले हात धुन सिकाउॅंने,बिभिन्न माध्यमहरूद्वारा जनतालाई सचेत गराउने कार्यहरू गरेका छन् । साथै अहिले लकडाउनलाई सफलबनाउन स्थानिय सरकारहरू,नेपाल प्रहरीहरूसंगको समन्वयमा बजार एवं भिडभाड हुने ठाॅंमा दूरि कायम गर्न लगाउॅंने,जनतालाई सचेत गराउॅंने,आपत बिपत मा परेकाहरूलाई सहयोग गर्ने ,अस्पतालहरूमा बिरामि कुरूवाहरूलाई,दैनिक ज्यालादारी गरि खानुपर्ने मजदुरहरू,बिभिन्न स्थानका मागेर खानेहरूलाई तथा बिभिन्न जिल्लाहरूमा जाने यात्रीहरूलाई पानी,खाजा लगायतको लन्चप्याकेटहरू बितरण गरेका छन् ।

नेपाल सरकार ,नेपाली सेनाका स्थानिय युनिटहरू को मातहतमा रहि दैनिक गुजार गर्न समस्याहुने वा कुनै पनि प्रकारको अप्ठेको,आपत/बिपतमा परेकाहरूलाई स्थानिय तहहरूसंग संपर्क समन्वय गराई राहत बितरण तथा समस्या समाधानमा सहयोग गर्ने लगायत अन्य स्वयंसेवक कार्यहरूमा ७७ वटै जिल्लाहरूका पूर्व क्याडेटहरूले सहयोग गर्ने र सोहि अनुरूप एन.सि.सि.एल्मुनाई एशोसियसन नेपाललाई परिचालित गरिएको एन.सि.सि.एल्मुनाई एशोसियशनका प्रमुख सल्लाहकार निगम हुमागाॅंईले बताए।\

हाल देशभर नेपाली सेना राष्ट्रिय सेवा दलको तालिमबाट दिक्षित ५१००० /- (एकाउन्न हजार) भन्दा धेरै व्यक्तिहरू छन् ।

Comments

KATHMANDU WEATHER