Loading...
Logo
Image

झापाका एक जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४९ पुग्याे

काठमाडौं, बैशाख १२ गते शुक्रबार । झापाका १ व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । 
सुनसरीकाे धरानस्थित बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे हाे । 

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४९ पुगेकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । 

ती व्यक्ति अहिले बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकाे आइसोलेसनमा उपचाररत छन् र उनकाे स्वास्थ्य अवस्था पनि सामान्य रहेकाे उनले बताए । 

Comments

KATHMANDU WEATHER