- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख १२ गते शुक्रबार । धनुषामा २ प्रहरी कुटिएका छन् । लकडाउन उल्लंघन गरी लगाइएकाे हाटबजार बन्द गराउन गएका प्रहरी कुटिएका हुन् ।
धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरस्थित लवकुश चोकमा लकडाउन उल्लंघन गरी लगाइएकाे बजारमा अपराहन्न ५ बजे बटेश्वर प्रहरी चौकीका असइ शंकर यादव र हवल्दार नागेन्द्र यादव कुटिएका प्रत्यक्षदर्शीले बताएका छन् ।
बजार बन्द गर्न प्रहरीले गरेको आग्रह नमानेपछि ठेलामा जेरी र समोसा बेच्ने एक युवकलाई प्रहरीले कुटेका थिए । त्यसपछि युवकले समेत प्रहरीमाथि हातपात गर्न थाले र त्यहाँ उपस्थित झण्डै एकसय जनाको भीडबाट केही व्यक्तिहरू प्रहरीमाथि जाइलागेका थिए ।
शुक्रबार दिउँसो हावाहुरी र असिनापानीले चित्रपुर टोलमा धेरैको घरको छानो फुटाएपछि बटेश्वर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शैलेन्द्र महतोले क्षतिबारे बुझ्न प्रहरीलाई बोलाएका थिए । त्यसै क्रममा लवकुश बजारमा भीडभाड देखेपछि ती प्रहरीले बजार बन्द गराउने प्रयास गरेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार बजार बन्द गराउने क्रममा सुरूमा एक महिलासँग पनि प्रहरीको भनाभान भएको थियो ।
उनले इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई घटनाबारे बताएपछि प्रहरी निरीक्षक पप्पु नायकसहितको टोली अनुसन्धानका लागि पुगेको थियो ।
प्रहरीमाथि कुटपिट भएलगतै जम्मा भएका सयौं स्थानीयहरू घर फर्केका थिए । यता, प्रहरी निरीक्षक नायकले भने घटना नै नभएको दाबी गरे । जिल्ला प्रहरी कार्यालय धनुषाले पनि घटनाको विषयमा अनभिज्ञता प्रकट गरेको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments