- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख १४ गते आइतबार । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी फुटाउनबाट बचाउन प्रदेश–२ सरकारका एक मन्त्रीले सुराकीसम्मको कार्य गरेका छन् । सुराकीका लागि अध्यक्ष यादवले नै ती मन्त्रीलाई पठाएको खुलेको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले अध्यक्ष यादवले आफूलाई समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डा. सुरेन्द्र यादवलाई खोज्न ठाउँठाउँ पठाएको बताएसँगै यस्तो रहस्य खुलेको हो ।
डा. यादवलाई काठमाडौं लिएर गएका सांसद महेश बस्नेत, पूर्वआइजीपी सर्वेन्द्र खनालसहितको टोली बास बस्नका लागि महोत्तरीको बर्दिवासस्थित गौतम होटलमा रहेका थिए ।
लकडाउनको बेला कोही राजमार्गको होटेलमा आउँदैन भनेर बस्नेत र खनाल त्यहाँ बसेका थिए । तर, दुवै जनाको रणनीति प्रदेश सरकारका मन्त्रीले तोडिदिएको स्रोतले जनाएको छ । महोत्तरीको बर्दिबासस्थित गौतम होटेलको ६ वटा कोठा बूक गर्नुका साथै महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी पनि सांसद यादवसहितको टोली बसेको होटेलमा ३ घण्टा बसेको समेत पाइएको छ ।
कानुनमन्त्री यादवले त्यही दिन आफूले सबै कुरा थाहा पाएको बताएका छन् । प्रहरी उपरीक्षक अधिकारीले नै होटलको कोठा बूक गरेको तथा होटेलको भुक्तानी गरेको मन्त्री यादवले वताए । मन्त्री यादवको चहलपहल बढेपछि सांसद डा. यादव लिएर पूर्वआइजीपी र सांसद बस्नेत त्यहीबेला काठमाडौंतर्फ प्रस्थान गरेको बताइएको छ ।
बर्दिवासको गौतम होटेलमा पुगेर आफूले सबै कुरा पत्ता लगाएको मन्त्री यादवले बताए । सांसद डा. यादवसँगै महोत्तरीका प्रहरी उपरीक्षक, पूर्वआइजीपी सर्वेन्द्र खनाल अन्य केही सांसद बसेका सुरक्षागार्डले समेत बताएका छन् । त्यसबेलासम्म रातिको ७ बजिसकेको थियो ।
पूर्वआइजीपी खनाललाई त्यहीबेला उनले फोन गरेका थिए । मन्त्री यादवले पूर्वआइजीपी खनाललाई भने, 'तपाईंलाई त मैले धेरै इज्जत दिएको थिएँ । तपाईंको कार्यकालमा त्यस्तो नराम्रो काम केही भएको थिएन । तर, अहिले सांसद यादवको अपहरण जस्तो आपराधिक काममा तपाईं जस्तो जिम्मेवार मानिस कसरी लाग्नसक्छ, तपाईंको नाम आइरहेको छ ।'
'तपाईं मसँग कुरा नगर्नुस्, आफ्नो मान्छेसँग कुरा गर्नुस्, भनेर पूर्वआइजीले जवाफ पर्काउनुभयो । डा. यादवको मोबाइल स्वीच अफ छ त्यसैले उहाँसँग कुरा गराउनुस्' भने मैले मन्त्री यादवको कथन थियो ।
'मलाई केही थाहा छैन, उहाँ काठमाडौंतर्फ हिँडिसक्नुभएको छ भनेर पूर्वआइजीले जवाफ दिनुभयो । उहाँ अगाडिको गाडीमा ३ जनाको समूहमा हिँड्नुभएको छ, मसँग कुरा हुन सक्दैन भनेर बताउनुभयो' उनले भने, 'कहीँ त चिया, खाजा खान रुक्नुहुन्छ होला नि, मलाई सम्पर्क गराउनुहोला भनेर भनेको थिएँ ।' तर पूर्व आइजीले सम्पर्कसम्म नगराइदिएको मन्त्री यादवले बताए ।
त्यसपछि आफू जनकपुरतर्फ फर्किए बताउँदै मन्त्री यादवले भने 'भोलिपल्ट वैशाख ११ गते थप अनुसन्धान गर्न आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवलाई समेत लिएर हामी गौतम होटेल पुग्यौं ।'
'त्यहाँ पुगेर म्यानेजरलाई सोध्दा सुरूमा होटेल बन्द भएकाले कोही पनि नआएको भनेर हामीलाई ढाँट्न खोजे । सीसीटीभी क्यामेराको फुटेज देखाउनुस् भन्दा होटेल बन्द भएका कारण क्यामेरा अफ गरेको होला भनेर भने' उनले भने, 'पासवोर्ड दिनुस, हामीसँग आएको प्राविधिक मानिसले खोजिहाल्छ भनेर भन्दा गलत पासवर्ड दिने गरेका थिए । केही समयपछि होटेलमा सीसीटीभी क्यामेरा जडान गर्ने प्राविधिक नै आए । उनले क्यामेराको फुटेज देखाए । त्यहाँ सबै कुरा प्रस्ट देखिएको थियो ।'
उनीहरू बसेर खाना समेत खाएको तथा भुक्तानी समेत दिएको मन्त्री यादवले बताए । उनका अनुसार सबै जना जान लाग्दा महोत्तरीका प्रहरी उपरीक्षकले आफ्नो पर्सबाट पैसा निकालेर रुपैयाँ दिएको देखिएको छ । हजारका २ देखि ३ वटा नोट दिएको फुटेजमा देखिएको मन्त्री यादवले बताए ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments