Loading...
Logo
Image

झापाका अर्को एकजनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौं,बैशाख १४ गते आइतबार । झापाका थप एक व्यक्तिमा काेराेना भाइरस (काेभिड-१९) पुष्टि भएकाे छ । विराटनगरस्थित काेशी अस्पतालमा भएकाे परीक्षणमा ५० वर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५२ पुगेकाे छ । 

यसअघि झापा दमककै ६२ वर्षीय पुरूषमा काेराेना भाइरस (काेभिड-१९)काे संक्रमण पुष्टि भएकाे थियाे । 

संक्रमणमित मध्ये १६ जना उपचार पछि घर फर्किसकेका छन् ।

Comments

KATHMANDU WEATHER