Loading...
Logo
Image

मौकामा चौका हान्दै भाटभटेनी, सरकारले गर्यो ३ लाख जरिवाना

काठमाडौं, बैशाख १५ गते सोमबार । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले टंगाल भाटभटेनीमा रहेको भाटभटेनी सुपरमार्केटलाई ३ लाख जरिवाना तिराएको छ ।

बजार अनुगमनका क्रममा बढी मूल्य लिएको पाएपछि ३ लाख रूपैयाँ जरिमाना तोकिएको विभागले जनाएको छ ।

उपभोग्य वस्तुको मूल्य तोकिएको भन्दा धेरै लिएको भन्दै सरकारले जरिमाना गरेको हो। लकडाउनको समयमा सर्वसाधारणको सुविधाको लागि भन्दै खुल्ला गरेर सामान बिक्री गर्दै आएतापनि यहि संकटको बेला बढी मुल्य लिएर उपभोग्य बस्तु बिक्री गरेको बिभागले जनाएको छ ।

सोमबार नै कपनमा मूल्यसूची नराख्ने अमरावती खाद्य भण्डारलाई २ लाख, एमबीटी खाद्य सप्लायर्सलाई १ लाख र जीएन स्टोरलाई ५० हजार रूपैयाँ जरिमाना तोकिएको छ ।

Comments

KATHMANDU WEATHER