Loading...
Logo
Image

कालोबजारी गर्ने सुलभ अग्रवाललाई ३ वर्ष जेल हाल्ने गरि मुद्दा दायर

काठमाडौं, बैशाख १७ गते बुधबार । थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सुलभ अग्रवाल बिरुद्ध दायर भएको छ । 

कालोबजारी ऐन २०३२ अनुसार अग्रवालमाथी मंगलबार जिल्ला अदालत काठमाडौंमा जिल्ला सरकारी वकीलको कार्यालयले काठमाडौं मुद्दा दर्ता गराएको हो । 

उनलाई कालोबजारी तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन २०२३ अन्तर्गत मुद्दा दर्ता भएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । ऐनको दफा २ को क अनुसार कालोबजारी, दफा ३ को १ अनुसार नाफाखोरीको, दफा ५ अनुसार जम्माखोरी तथा कृतिम अभावको आरोपमा मुद्दा दायर गरिएको छ । यी तीन वटानै आरोपमा अधिकतम १ वर्ष कैद हुन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै प्रहरीले उनी विरुद्ध १५ लाख ७८ हजार जरिमाना माग गरेको थियो । ३ वटा आरोपमा उनलाई जरिवाना सहित ३ बर्ष कैद सजाय हुनसक्छ ।

थर्मल गनको कालोबजारी गरेको पाइएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

Comments

KATHMANDU WEATHER