- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, वैशाख १७ गते बुधबार । कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीको अवधिमा करिब एक लाख जनालाई नियन्त्रणमा लिइएको छ । चैत ११ देखि वैशाख १६ सम्म बन्दाबन्दी उल्लङ्घन गर्ने करिब एक लाख जनालाई नियन्त्रणमा लिई छाडिसकिएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक निरजबहादुर शाहीले बन्दाबन्दीको अवधिमा अहिलेसम्म करिब एक लाख जनालाई नियन्त्रणमा लिई सम्झाई बुझाई तथा कोरोना रोग सङ्क्रमणबारे जानकारी गराई छोडिसकिएको जानकारी दिए ।
मङ्गलबार मात्र मुलुकभरि एक हजार ९७५ जना र एक हजार २४५ सवारी साधनलाई नियन्त्रणमा लिइएको जानकारी प्रहरी प्रवक्ता शाहीले दिए ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले मङ्गलबार काठमाडौँ उपत्यकामा बन्दाबन्दी उल्लङ्घन गर्ने एक हजार एक सय सवारी साधन र करिब एक हजार दुई सय जना व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छोडिएको जानकारी दिए ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments