- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, वैशाख १७ गते बुधबार । महानगरीय प्रहरी वृत्त, थानकोट र नगरपालिकाको सहकार्यमा काठमाडौंको चन्द्रागिरि नगरपालिकाले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई एक सय रुपैयाँदेखि हजार रुपैयाँसम्म जरिवाना लिन थालेको छ । संक्रामक रोग सम्बन्धी ऐनमा भएको व्यवस्था अनुरुप जरिवाना तिराउन थालिएको नगरपालिकाले जनाएको छ ।
हालसम्म करिब १५ सय मानिस कारबाहीमा परिसकेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए । जरिवानाबाट उठेको रकम नगर स्तरीय कोरोना कोषमा रकम जम्मा गरिने महर्जनले जानकारी दिए ।
जरिवाना संकलनका लागि नगरपालिकाले ८ जना कर्मचारी नै खटाएको र उनीहरुमध्ये दुई जना प्रहरीको मोबाइल टोलीसँगै हुने र अन्य ६ जनालाई विभिन्न चोकमा राखिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार जरिवाना गर्न थालिएपछि सडकमा सर्वसाधारण निस्किने क्रम न्यून भएको छ ।
नगरपालिकाले तरकारी किन्नका लागि बिहान ६ बजेदेखि १० बजेसम्मको समय तोकेको छ । त्यसदेखि बाहेकको समयमा सडकमा निस्किने क्रम अत्यन्त न्यून भएको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments