Loading...
Logo
Image

लकडाउन उल्लंघन गरे एक हजार जरिवाना

काठमाडौँ, वैशाख १७ गते बुधबार । महानगरीय प्रहरी वृत्त, थानकोट र नगरपालिकाको सहकार्यमा काठमाडौंको चन्द्रागिरि नगरपालिकाले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई एक सय रुपैयाँदेखि हजार रुपैयाँसम्म जरिवाना लिन थालेको छ । संक्रामक रोग सम्बन्धी ऐनमा भएको व्यवस्था अनुरुप जरिवाना तिराउन थालिएको नगरपालिकाले जनाएको छ । 

हालसम्म करिब १५ सय मानिस कारबाहीमा परिसकेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए । जरिवानाबाट उठेको रकम नगर स्तरीय कोरोना कोषमा रकम जम्मा गरिने महर्जनले जानकारी दिए ।     

जरिवाना संकलनका लागि नगरपालिकाले ८ जना कर्मचारी नै खटाएको र उनीहरुमध्ये दुई जना प्रहरीको मोबाइल टोलीसँगै हुने र अन्य  ६ जनालाई विभिन्न चोकमा राखिने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका अनुसार जरिवाना गर्न थालिएपछि सडकमा सर्वसाधारण निस्किने क्रम न्यून भएको छ ।

नगरपालिकाले तरकारी किन्नका लागि बिहान ६ बजेदेखि १० बजेसम्मको समय तोकेको छ । त्यसदेखि बाहेकको समयमा सडकमा निस्किने क्रम अत्यन्त न्यून भएको छ । 

 

Comments

KATHMANDU WEATHER