Loading...
Logo
Image

पत्रकार दीपक पाठक पक्राउ, प्रचण्डबारे अभद्र टिप्पणी गरेकाे आरोप

काठमाडौं, बैशाख १८ गते बिहीबार । पत्रकार दीपक पाठकलाई प्रहरीले पक्राउ गरेकाे छ । रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पत्रकार दीपक पाठक पक्राउ परेका हुन्।
नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बारे सामाजिक सञ्जाल फेसबुकमा अभद्र टिप्पणी गरेकाे भन्दै प्रहरीकाे साइबर ब्युराेकाे टाेलीले भक्तपुरकाे लाेकन्थलीबाट पाठकलाई पक्राउ गरेकाे हाे ।\

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले पाठकलाई पक्राउ गरिएको पुष्टि गरे ।  

मार्गदर्शन साप्ताहिक पत्रिकाका सम्पादक पाठकलाई प्रेस काउन्सिलको अनुमति लिएर पाठकलाई पक्राउ गरिएको प्रहरिले जनाएको छ ।

Comments

KATHMANDU WEATHER