Loading...
Logo
Image

धरौटी बुझाएर छुटेलगत्तै कालाे बजारीका अभियुक्त सुलभ अग्रवाल पुनः पक्राउ

काठमाडौं, बैशाख १८ गते बिहीबार । कालो बजारी गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ परेका छन् । कालो बजारीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी अग्रवाललाई प्रहरीले छुटेलगत्तै पक्राउ गरेको हो ।

अग्रवाल जिल्ला अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । रिहा हुनेबित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । 
ज्वरो नाप्ने थर्मोगनलाई बढी मूल्यमा बेचेपछि उनलाई प्रहरीले चैत २५ गते पक्राउ गरेको थियो । 

Comments

KATHMANDU WEATHER