Loading...
Logo
Image

घरभाडा मिनाहा भए-नभएको अनुगमन स्थानीय तहले गर्ने

काठमाडौं, बैशाख १८ गते बिहीबार । सरकारले चैत महिनाको तिर्नुपर्ने घरभाडा मिहाना गर्न घरबेटिसँग आग्रह गर्ने निर्णय गरेको थियो । सो अनुसार चैत महिनाको घरभाडा मिनाहा भए-नभएको अनुगमन स्थानीय तहले गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

सम्बन्धित घरधनीले रोजगारीका कारण रोजगारी वा काम गुमाएका असंगठित बाहेकका अन्य श्रमिकसँग लकडाउन अवधिभर घरभाडा माग नगर्ने र निजहरुले आम्दानी गरेपश्चात घरबहाल रकम भुक्तानी गर्न पाउने सुविधा प्रदान गर्ने निर्णय समेत गरेको छ ।

घरभाडा छुट गरेका घर मालिकलाई सो महिनाको घरबाहल कर र त्यसबाट हुने आय कर छुट गर्ने निर्णय यसअघि नै सरकारले गरिसकेको छ । 

Comments

KATHMANDU WEATHER