Loading...
Logo
Image

नागरिकको सेवामा उत्कृष्ट बन्दै पाँचखालको वडा नम्बर ९

 मेरो अनलाइन 

धुलिखेल, बैशाख २० गते शनिबार । कोरोना भाईरसको संक्रमणलाई रोक्न सरकारले लागु गरेको लकडाउन बढेसंगै गाउँ गाउँमा आमनागरिकको दैनिकी कष्टकर बन्दैगैरहेको बेला पाँचखाल नगरपालिका को वडा नम्बर ९ का वडा अध्यक्ष किरण श्रेष्ठ आफ्नो वडा भित्रका नागरिकको दैनिकी सहज बनाउन लागिपरेका छन् । 

लकडाउन शुरु भए देखी नै वडा भित्रका बिपन्न नागरिकलाई राहत सामग्री उपलब्ध गरएको वडा नम्बर ९ ले वडा भित्रका सबै घरधुरीमा पुगेर स्वास्थ्य जाँच गरेर विभिन्न सामग्री बितरण गरेको छ ।

विभिन्न निकायको सहयोगमा वडाभित्र रहेका प्रत्येक घरघरमा पुगेर आफ्नै उपस्थितिमा स्वास्थ्यकर्मिको सहयोगमा वडाबासिको स्वास्थ्य चेकजाँच गर्नुका साथै स्वास्थ्य सामग्री बितरण गरिएको वडा अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए । वडाले अत्याबश्यक सेवा प्रदायक कार्यालयहरुमा पनि स्वास्थ्य सामग्री बितरण गरेको छ । कोरोना भाईरसबाट जोगिन अपनाउनु पर्ने सन्देशपत्र लिएर वडा अध्यक्ष श्रेष्ठ स्थानियको घर घरमा पुगेका छन् । वडा भित्र सरसफाइमा पनि बिशेष ध्यान दिएको श्रेष्ठले बताए । ठाउँँठाउँँमा साबुन पानीले हातधुने ब्यवस्था मिलाउनुका साथै नागरिकको घर घरमा मास्क, साबुन, पन्जालगायतका स्वास्थ्य सामग्री समेत पुर्याइएको उनले जानकारी दिए ।

वडाले गरेको कार्य अहिले अन्य वडामा पनि लागु गर्न नगरपालिकाले स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेको श्रेष्ठले जानकारी दिए ।


चण्डिपुर्णिमाको मेला नगरिने
पाँचखाल नगरपालिकाको वडा नम्बर ९ मा रहेको पलान्चोक भगवतिको मन्दिरमा हरेक बर्ष बुद्धजयन्तीको दिन आयोजना गरिने चण्डिपुर्णिमाको मेला यसबर्ष नगरिने भएको छ । कोरोना भाईरसको कारण देश लकडाउनमा रहेकोले यसबर्ष मेला नगरिने भएको हो ।
नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी यसबर्ष चण्डिपुर्णिमाको मेला नगरि साधारण पूजा मात्र गर्ने निर्णय गरिएको वडा अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।    

          
 

Comments

KATHMANDU WEATHER