- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं,बैशाख २१ गते आइतबार । कोरोना भाइरसका कारण शनिबार साँझसम्म विश्वभर ७३ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इस्टमा ११, साउथ वेस्टमा ३ गरी ४९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाएको छ ।
यस्तै, संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ, जसमध्ये मध्य न्यूयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो । यसैगरी संयुक्त अरब इमिरेट्समा ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्ड्समा १ जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिए ।
स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, यूके १ हजार, बहराइनमा १ सय २६, यूएईमा १ सय, कुवेतमा ७८, नेपाल ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अस्ट्रेलियामा १०, बेल्जियममा ६, जापानमा ६, स्विट्जरल्याण्डमा ५, क्यानडामा ५, जर्मनीमा ४, साइप्रसमा ३, मलेसियामा ३, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङकङमा २, म्यानमारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।
संयोजक सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १ हजार ५ सय ७० जना संक्रमणमुक्त भएको अनुमान उक्त समितिले गरेको छ ।
सापकोटाका अनुसार मध्यपूर्वका केही देशहरूमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको देखिएको छ । कतारसहित केही मध्यपूर्वका देशले २ हजार ३ सय नेपाली श्रमिकहरूमा कोरोना संक्रमण भएको तथ्याङ्क सार्वजनिक गरेका छन् ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरूको समूहले तयार पारेको उक्त आँकडाअनुसार २७ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित छन् ।
संघले कोरोना भाइरसको महामारीबाट प्रभावित भएकाहरूको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए । विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजारभन्दा बढी नेपालीहरूलाई राहत वितरण गरिएको छ ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत ३ दर्जन नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरू तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधार मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरूको कोरोना संक्रमणको अनुमानित तथ्याङ्क सार्वजनिक गर्दै आएको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments