Loading...
Logo
Image

नेपालमै भेटियो ७ बर्षको बच्चामा पनि कोरोना संक्रमण

काठमाडौं, वैशाख २१ गते आइतबार । नेपालमा पहिलो पटक दश वर्षभन्दा कम उमेरका व्यक्तिमा कोभिड–१९ (नोवल कोरोना भाइरस) संक्रमण देखिएको छ ।

भेरी अञ्चल अस्पतालमा नमुना परीक्षण गर्दा ७ वर्षीयको रिर्पोट पोजेटीभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यसअघि जनकपुरमा १४ वर्षीयामा कोरोना संक्रमण देखिएको थियो । 
 
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार कोरोना संक्रमित ७ वर्षीयको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

विभिन्न अध्यनहरूले ९ वर्ष भन्दा कमलाई कोरोनाबाट सबै भन्दा ‘कम जोखिम युक्त’ उमेर समूह मानिएको छ ।

Comments

KATHMANDU WEATHER