Loading...
Logo
Image

सचेत रहनुहोस् आज मेघगर्जन, चट्याङ, हावाहुरी सहित बर्षाको सम्भावना छ

काठमाडौं, बैशाख २२ गते सोमबार । आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भएर आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताइन् ।

उनका अनुसार बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम नरोकिएको र पश्चिमी वायुसँगै स्थानीय वायुको पनि प्रभाव भएकाले यो साताभरी नै मौसम सफा रहने छैन ।

आज दिउँसो र राती चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनसमेत मौसमविद्ले अनुरोध गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी २ दिनको बुलेटिनमा पनि मौसम सफा नरहने उल्लेख गरिएको छ ।

स्रोत: Shilapatra

Comments

KATHMANDU WEATHER