Loading...
Logo
Image

ब्रेकअप को खुशियालीमा पोखरामा पुर्व युवराज पारसको पार्टी

काठमाडौं, बैशाख २२ गते सोमबार । लकडाउनको समयमा पुुुुर्व युवराज पारस शाह अहिले पोखरामा रहेका छन् । पोखरामा रहेका पारसले सम्बन्ध विच्छेद गरेको खबर बिभिन्न संचारमाध्यमा सार्वजनिक भए ।

उनी पोखरामै रहेको बेला आइतबार मध्यराति फेसबुकमा ब्रेक अप भएको स्टाटस पोष्ट गरे । उनको यो स्टाटस पछि पारस शाहको हिमानीसंग डिभोर्स भएको खबरहरु बिभिन्न संचारमाध्यमहरुमा सार्वजनिक भएको हो । मध्यरातमा BREAK Up finally  free at last भनेर पोष्ट गरेका पारस हिजो  दिनभर र रातभर ताल किनारको होटलमा बिशल पार्टीमा रमाइरहेको बताईएको छ ।

उनको यो पार्टी ब्रेक अप को खुशियालीमा भएको बताइएको छ । तर उनको ब्रेक अप हिमानीसंग  नभइ सोनिकासंग  भएको खुलाासा भएको छ ।मध्यरात १२ बजेर ३६ मीनेट जाँदा BREAK Up finally, free at last भनेर FB मा पोस्ट गरेका थिए ।

युट्युबमा अश्लील अन्तर्वार्ताको कार्यक्रम चलाएर चर्चामा रहेकी सोनिका रोकायासङ्ग लिभिङ्ग टुगेदरमा रमाउदै आएका पारसको हिमानी र आफ्नो परिवारसँग राम्रो सम्बन्ध छैन ।

छोरा हृदयेन्द्र, छोरीहरु पूर्णिका र कीर्तिका हुर्किसकेको अवस्थामा उनले चाहेर पनि पत्नी हिमानीसङ्ग कानूनी रूपमा छुट्न सम्भव छैन ।

बरु सोनिकासङ्ग भने सम्पूर्ण रुपमा अलग भएको खुलासा उनी आफैले गरेका छन् ।

Comments

KATHMANDU WEATHER