काठमाडौंको सिफलचौरमा नि:शुल्क खाना बितरण
मेरो अनलाइन
काठमाडौं, बैशाख २३ गते मंगलबार । कोरोना भाईरसको संक्रमण बढ्न नदिन सरकारले लगाएको लकडाउनको समय बढ्दै जाँदा दैनिक ज्यालादारी गर्ने मजदुरहरु दिनप्रतिदिन समस्यामा पर्दै आएका छन् । जसले गर्दा उनिहरुलाई दैनिक खाना खान समेत समस्या पर्दै आएको छ । यही कुरालाई मध्यनजर गर्दै काठमाडौंको सिफलचौरमा नि:शुल्क खाना बितरण भैइरहेको छ ।
लकडाउन शुरु भएदेखी नै काठमाडौंको ८ ठाउंमा नि:शुल्क खाना खुवाउने ब्यवस्था गर्दै आएको हिन्दू स्वयम् सेवक संघ नेपालले बैशाख १९ गते देखी जनचेतना नेपाल र नवजीवन युवा क्लबको संयोजनमा काठमाडौंको सिफलचौरमा दैनिक नि:शुल्क खाना खुवाउने ब्यवस्था गरेको हो ।
सिफल आसपास, कालोपुल, रातोपुल, चाबहिललगायतका क्षेत्रमा दैनिक छाक टार्न मुस्किल भएकाहरुलाई खाना खुवाउने ब्यवस्था गरिएको जनचेतना नेपाल बागमती प्रदेश संयोजक मुना निरौला त्रिपाठीले बताइन्।

लकडाउनका कारण जिवन धान्न समस्यामा परेकाहरुलाई थोरै भएपनी सहयोग गर्न सकिन्छ कि भनेर खाना खुवाउने ब्यवस्था गरिएको र यसमा कलाकार निर्मल शर्माको महत्वपूर्ण योगदान रहेको नवजीवन युवा क्लबका अध्यक्ष प्रतिक श्रेष्ठले जानकारी दिए ।
नि:शुल्क खाना खुवाउने कार्य लकडाउन रहेसम्म जारी रहने जनचेतना नेपालका निर्देशक कबिन्द्र त्रिपाठीले बताए ।



Comments