Loading...
Logo
Image

सनसिटीमा बस्ने ३ जनालाई फेरि अस्पताल लगियाे

मेरो अनलाइन

काठमाडौं, बैशाख २४ गते बुधबार । कोरोना भाइरसको संक्रमण भएको आशंकामा पेप्सिकोलास्थित सनसिटि अपार्टमेन्टमा बस्ने २ जना र थप १ जनालाई अस्पताल भर्ना गरिएको छ ।

सनसिटी अपार्टमेन्टमा बस्दै आएका २ आमा छोरामा पुनः संक्रमणको आशंका भएपछि बुहारीसहितलाई समेत बुधबार बिहान पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो ।

उनीहरूको थ्रोट स्वाब सङ्कलन गरी परीक्षण गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ ।

चैत ४ गते बेलायतबाट फर्केका ती आमा छोरालाई कोरोना भाइरसको संक्रमण पुष्टि भई वैशाख १ गते अस्पताल राखिएको थियो । उपचार पछी वैशाख ११ गते  उनीहरूलाई डिस्चार्ज गरिएको थियो । बुहारीलाई भने रिपोर्ट नेगेटिभ आएपछि ३ वैशाखमै घर पठाइएको थियो ।

Comments

KATHMANDU WEATHER