कोरोना नदेखिएपछि ६ जनालाई कोशी अस्पतालबाट डिस्चार्ज गरियो
मेरो अनलाइन
काठमाडौं, बैशाख २४ गते बुधबार । विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका उदयपुरका कोरोना संक्रमितमध्ये ६ जना निको भएका छन् । उनीहरूलाई ३ पटक परीक्षण गर्दा रिपोर्ट लगातार नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
चैत ५ गते उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित भुल्के मस्जिदका १३ र त्यसपछि आसपासका १५ जना गरी २८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
अस्पतालमा भर्ना भएको १४ दिनपछि गरिएको तीन पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरूलाई बुधबार डिस्चार्ज गरिएकाे प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।
कोरोनामुक्त भएकाहरूमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन् । उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिनेछ । डिस्चार्ज हुने सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिने मन्त्रालयले जनाएको छ ।
उनीहरूलाई अर्को १४ दिन अस्पतालमै राखिने अस्पतालले जनाएको छ ।

Comments