- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख २४ गते बुधबार । काभ्रेको पनौती नगरपालिका–७ ले नेवार जातिको धार्मिक र पुरातात्तिवक सम्पदा जोगाउन अन्य जातिलाई घर बेच्न सिफारिस नदिने निर्णय गरेको छ । मंगलबार बसेको वडा समिति बैठकले यस्तो निर्णय गरेको हो ।
‘यस वडा समितिको २३ वैशाख २०७७ मा बसेको बैठकबाट नेवार जातिबाहेक अन्य जातिलाई घर बेचविखन गर्नका लागि सिफारिस लिन आएमा घर धनीहरुलाई यस कार्यालयबाट सेवा प्रवाह नगर्ने निर्णय भएकोले यस ७ नम्बर वडाबासीलाई यसै सार्वजनिक सूचनामार्फत जानकारी गराइन्छ’, वडा अधयक्ष रामचन्द्र नास्नानीले सार्वजनिक गरेको सूचनामा भनिएको छ।
७ नम्बर वडाको पुरानो बजार स्मारक क्षेत्रमा नेवारी समुदायको बाक्लो बसोबास छ । वडा कार्यालयले नेवारी जातिको बाहुल्यता भएकाले धर्म संस्कृति र पुरातात्विक सम्पदा जोगाउन यस्तो निर्णय गरेको दाबी गरेको छ।
यसअघि वडामा जग्गा तथा घर धनीहरुले नेवार जातिबाहेक अन्य जात जातिलाई बेच विखन गर्नका लागि घर बाटोको मूल्यांकन सिफारिस नदिएको भन्दै गुनासो गरेका थिए । त्यही गुनासो आएपछि मंगलबार बसेको वडा समिति बैठकले यस्तो निर्णय गरेको वडा अध्यक्ष नास्नानीले सूचनामा उल्लेख गरेका छन्।

Comments