Loading...
Logo
Image

बुद्धजयन्तीका अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना ब्यक्त

काठमाडौं, बैशाख २५ गते बिहीबार । राष्ट्रपति विद्यादेवी भण्डारीले २५६४औँ बुद्धजयन्तीका अवसमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहेका शान्ति र अहिंसाप्रेमी सम्पूर्णमा शुभकामना व्यक्त गरेकी छिन् ।
बुद्धजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेकी हुन् ।
बौद्धदर्शनका प्रवर्तक तथा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को महाविपत्तिबाट सम्पूर्ण विश्वले शीघ्र मुक्ति पाउने कामना गर्दै राष्ट्रपति भण्डारीले बुद्धजयन्तीका यस अवसरमा एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महाभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।


त्यस्तै, उनले नेपालका आदिवासी किराँत समुदायको पवित्र एवं महान् उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण राई, लिम्बू, सुनुवार, याक्खालगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

प्राकृतिक ऋतुचक्रसँग तादात्म्यता कायम गरी मनाइने यस प्रकारका सांस्कृतिक पर्वले प्रकृति र वातावरणको संरक्षण गर्दै दिगो विकासतर्फ अग्रसर हुन अभिप्रेरित गर्नाका साथै हाम्रो देशको सांस्कृतिक विविधतालाई कायम राखी समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्‍याउने उनले विश्वास व्यक्त गरेकी छिन् ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा रहेको यस असहज परिस्थितिमा सरकारको आग्रहबमोजिम सोको पालना गर्दै सबैले सामाजिक तथा भौतिक दूरी कायम गरी आआफ्ना घरभित्रै रहेर पर्व मनाउनसमेत राष्ट्रपति भण्डारीले आग्रह गरेकी छिन् ।

Comments

KATHMANDU WEATHER