Loading...
Logo
Image

बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, बैशाख २५ गते बिहीबार । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । 

उनले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकारका सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कोरोना महामारी विरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

Comments

KATHMANDU WEATHER