Loading...
Logo
Image

सालि भित्र्याउन श्रीमतीको हत्या !

जनकपुरधाम, बैशाख २६ गते शुक्रबार । धनुषाको मिथिला नगरपालिका ९ लालभट्टीमा एक युवकले सालीसँग विवाह गर्न श्रीमतीको हत्या गरेको खुलेको छ ।

स्थानीय २८ वर्षका हरि चौहानले साली गंगा लामासँग विवाह गर्न श्रीमती वीणाको हत्या गरेको खुलेको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्चार्ज प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए । प्रहरीले हरिलाई पक्राउ गरिसकेको छ ।

वैशाख १८ गते वीणाको शव लालगढ सामुदायिक वनमा गाडिएको अवस्थामा भेटिएको थियो । छोरी हराएको भन्दै पदमबहादुरले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले हरिलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

हरिले प्रहरीसँगको वयानमा कान्छी साली गंगासँग विवाह गर्न श्रीमतीको हत्या गरेको स्वीकारेका थिए ।

भिनाजुलाई आफ्नै दिदीको हत्या गर्न उक्साएको आरोपमा प्रहरीले शुक्रबार गंगालाई पनि पक्राउ गरेको छ । उनलाई पक्राउ गर्न माग गर्दै बाबु पदमबहादुर मोक्तानले जाहेरी दिएका थिए ।

‘वीणाको हत्या गर्न गंगाले नै उक्साएको भन्दै उनका बुबाले जाहेरी दिएका छन्’ प्रहरी निरीक्षक कार्कीले भने, ‘हत्या गर्ने हरिले पनि त्यो कुरा बयानमा भनिसकेपछि गंगालाई नियन्त्रणमा लिएका छौं ।’

सालीसँग विहे गर्न श्रीमतीको हत्या !

पेशाले टिपर चालक हरिले ५ बर्षअघि पदमबहादुरकी माइली छोरी वीणा लामासँग प्रेम विवाह गरेका थिए । यी दम्पत्तिको एक छोरा र एक छोरी छन् ।

तर पछिल्लो समय हरि र साली गंगाबीच प्रेम सम्बन्ध थियो । यी दुबै चाँडै विवाह गर्ने मनस्थितिमा पनि पुगेका थिए ।

‘चाँडो दिदीलाई साइड लगाउनुपर्छ नभए हाम्रो विवाह हुन सक्दैन’ भनेर गंगाले हरिलाई भन्ने गरेका रहेछन्’ प्रहरी निरीक्षक कार्कीले भने, ‘थप अनुसन्धानलाई अगाडि बढाउँदै गंगासँगको बयान लिन शुरु गरेका छौं ।’

हरिसँगै गंगाविरुद्व समेत कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

स्रोत: Online Khabar

Comments

KATHMANDU WEATHER