- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नवराज कट्टेल
विराटनगर, बैशाख २६ गते शुक्रबार । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रका कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधिको प्रयोग बढाइएको छ । आयुर्वेदिक औषधि च्यवनप्रास, अश्वगन्धा र गुर्जो (गिलाइ) संक्रमितलाई सेवन गराएर रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउँने गरिएको हो ।
आयुर्वेदिक विभागले प्रदेश सरकारलाई उपलब्ध गराएको औषधिहरुलाई कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका संक्रमितहरुका लागि प्रयोग गरिएको छ । सुरुमा हामीले उहाँहरुको खानपान र स्याहरसँगै आवश्यक पर्दा न्यूनतम (एलोपैथ) औषधि चलाएका थियौं, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राले भने –पछिल्लो केहि दिनदेखि तीन प्रकारको आयुवेर्दि औषधि समय मिलाएर सेवन गराईरहेका छौं ।
रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बृद्धि गर्दा संक्रमितहरुले कोरोना भाईरस परास्त गर्न सहज हुने चिकित्सकबीचको निष्कर्षका आधारमा आयुवेर्दिक औषधि सेवन गराउन थालिएको हो । सामाजिक विकास मन्त्रालयले आयुवेर्दिक औषधीलाई समेत सेवन गराउँदा उनीहरुको स्वास्थ्यमा सुधार हुनसक्ने सुझाव चिकित्सकहरुलाई दिइएको हो ।
आयुवेर्दिक औषधिको सेवन गराउन थालेसँगै उदयपुर त्रियुगा नगरपालिका–३ स्थित भुल्केस्थित मस्जिदका कोरोना संक्रमित विराटनगर–१७ का ७२ वर्षिया आईमन मियाँ र ६० वर्षिया इजरायल मियाँले समेत कोरोनालाई परास्त गर्न सफल भएका छन् । उनिहरु शुक्रबार अन्यसँगै अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उमेरका कारण समस्या हुन्छ भनेर चिन्तामा थियौं, डा.मिश्राले भने–उहाँले नै सजिलै पराजित गरिदिनु भएपछि अझै आत्माबल बढेको छ । अस्पतालमा उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केबाट बैशाख ८ र ९ गते भर्ना गरिएका संक्रमितहरुको शुक्रबार डिस्चार्ज गरिएको हो । जसमध्ये पाँचजना भुल्केस्थित स्थानीयवासी र तीनजना भुल्केस्थित मस्जिदमा बस्नेहरु भएको डा.मिश्राले जानकारी दिए । मस्जिदमा बस्नेहरुमध्ये एकजना भारतीय नागरिक र दुईजना विराटनगर–१७ बासिन्दा हुन् ।
उदयपुरबाट अस्पतालमा भर्ना गरिएका २८ जनामध्ये हालसम्म १४ जनालाई निको भैसकेको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments