Loading...
Logo
Image

सिंहदरबार अगाडि चिनियाँ नागरिकले नेपाली प्रहरीलाई पिटे

काठमाडौं, बैशाख २६ गते शुक्रबार । स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेर चिनियाँ नागरिकले नेपाल प्रहरीलाई हात हालेपछी झडप भएको हो । 

सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका र सुरक्षाकर्मी भिड हटाउन खोजेपछी चिनियाँ नागरिकहरूले प्रहरीलाई ढुंगामुढा गरेको महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले बताए । 

त्यसक्रममा ३३ जना नै चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक र प्रहरीबीच भएको झडप हुँदा महानगरीय प्रहरी ब्रित्त    सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् ।

घाइतेको डीएसपी बस्नेतको प्रहरी अस्पताल र महिला प्रहरीको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।

Comments

KATHMANDU WEATHER