- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नगेन्द्र सापकोटा
काठमाडौं, बैशाख २७ गते शनिबार । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ ।
यसअघि उपत्यका छाडेर घर जानेको तथ्याङ्क कुनै निकायसँग छैन । तथ्याङ्कको अभावमा बन्दाबन्दीको समयमा उपत्यका बाहिरिएका नागरिक शक्तिको आड वा लुकिछिपी पुनः भित्रिन थालेका छन् । कतिपय नागरिक विभिन्न नाकाबाट बिरामीको बहानामा एम्बुलेन्स मार्फत उपत्यका भित्रिन थालेका हुन् ।
लुकिछिपी उपत्यकाभन्दा बाहिरबाट उपत्यका भित्रिन थालेकाले व्यक्तिसँगै कोरोना भाइरस पनि भित्रिन सक्ने खतरा बढ्दै गएको कतिपयको भनाइ छ । यद्यपि काठमाडौँ उपत्यका अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहेको देखिएको छ ।
काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) का अनुसार कतिपय उच्च ओहोदाका व्यक्तिले पनि आफन्तलाई उपत्यका बाहिर–भित्र गराइरहेको स्थानीयवासीको गुनासो छ ।
काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दरराज वैद्यले पछिल्लो दुई सातामा उपत्यका बाहिर गएका मानिस उपत्यका भित्रिन थालेकाले रोक्न गाह्रो भएको बताए। उनका अनुसार सीएमसी काठमाडौँले एक साताको बीचमा भीमढुङ्गा, दक्षिणकाली, साँखु लगायतका उपत्यका प्रवेश गर्ने मुख्य नाकामा अनुगमन गर्दा लुकिछिपी उपत्यकामा आउने क्रम नरोकिएको पाइएको हो ।
उपत्यका प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा व्यवस्था कडा गर्न सुरक्षा निकायलाई सीएमसीले आग्रह गरे पनि भित्रिने ठाउँ खुला भएकाले रोक्न गाह्रो भइरहेको बताइएको छ । जिल्ला समन्वय समिति काठमाडौँंका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी ४५ देखि ५० लाख जनसङ्ख्यामध्ये २० देखि २२ लाख उपत्यकाभन्दा बाहिरका छन् । उपत्यका बाहिरका २० देखि २२ लाख जनसङ्ख्यामध्ये बन्दाबन्दीको समयमा करिब १३ लाख जनसङ्ख्या उपत्यका छाडी बाहिर गएको अनुमान गरिएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बिरामी भएको बहानामा एम्बुलेन्सबाट उपत्यका भित्रिन खोज्ने कतिपय व्यक्तिलाई भक्तपुरको प्रवेश गर्ने नाका साँगा र जगातीबाट फिर्ता पठाइएको बताए ।
सूर्यविनायक नगरपालिका सल्लाघारीमा कोठा भाडामा बस्ने पीडित व्यक्तिको पैरवी गर्दै आएका अभियन्ता प्रेमबहादुर थापाले उपत्यकामा राहत दिने बेलामा मात्र नगरपालिकाले भाडामा बस्ने व्यक्तिको तथ्याङ्क सोधीखोजी गर्ने गरेको बताए ।
उनले सम्बन्धित पालिकाले कुन घरमा कुन ठाउँका कति जना कोठा भाडामा बसेका छन् भन्ने एकिन तथ्याङ्क राख्ने व्यवस्था गर्नुपर्ने, यहाँका प्रत्येक घरको भाडा दर निर्धारण गरी सार्वजनिक स्थानमा टाँस्नुपर्ने, घर भाडामा वा खाली के छ, घर भाडामा दिनुको प्रयोजन र घरमा बस्ने व्यक्तिको तीनपुस्ते अभिलेख राख्न स्थानीय सरकारलाई सुझाव दिए ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments