- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख २९ गते सोमबार । आज (सोमबार) पनि देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आज देशका पहाडी भेगका अशिंकाश र तराईका थोरै स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना छ।
‘अराह्नपछि बदली भई पहाडी भूभागका अधिकांश स्थानमा हावाहुरी तथा मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको छ,’ सोमबार बिहान मौसमविद् प्रधानांगले भने, ‘तराईका पनि थोरै स्थानमा यस्तै वर्षा हुने सम्भावना देखिएको छ तर सम्भावना अलि न्यून छ।’
उनका अनुसार अहिले बिहान काठमाडौं उपत्यकामा मौसम बदली छ। तर यो प्रणाली बिस्तारै कमजोर हुँदै गएकाले अहिले नै वर्षा हुने सम्भावना भने कम छ।
‘तर अपराह्नपछि पुनः बदली भई वर्षा हुने सम्भावना छ,’ उनले भने। हिजो-अस्तिको तुलनामा भने आज वर्षा केही कम हुने देखिएको उनले बताए।
यस्तै राति पनि देशका अधिकांश भूभागमा सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।
यसैगरी मंगलबार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रहनेछ भने केही स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ। त्यस राति पनि पूर्वका केही, मध्यका थोरै र पश्चिमका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।
यस्तै बुधबार पनि दिउँसो देशका केही स्थानमा तथा राति पूर्वी र मध्य क्षेत्रका केही तथा पश्चिमी भूभागका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान जनाएको छ।
माैसमिवद्का अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव परिरहेकाे छ।
महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments