Loading...
Logo
Image

भक्तपुरका कोरोना हुनेमा एकजना सशस्त्र प्रहरी र एकजना नर्स

काठमाडौं, बैशाख ३१ गते बुधबार । कोरोना भाइरस संक्रमण देखिएका भक्तपुरका दुई जनामध्ये एकजना सशस्त्र प्रहरी र अर्को स्टार्फ नर्स रहेको खुलेको छ। 
भक्तपुरको दुवाकोट बस्ने २७ वर्षीय सशस्त्र प्रहरी नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवान रहेको बुझिएको छ। ती जवान वैशाख २ गतेदेखि बाहिर थिए । फर्किएर आउँदा कोरोना परीक्षण गरेर आउन भनिएको थियो । परीक्षणका क्रममा उनमा कोरोना पोटेभिट देखिएको बुझिएको छ । 

त्यस्तै कोरोना भाइरस संक्रमण देखिएका भक्तपुरका अर्को ब्यक्ती २५ वर्षीया महिला स्टाफ नर्स रहेको र उनी भक्तपुरकै एक निजी अस्पतालमा काम गर्ने बुझिएको छ। उनी मध्यपुर थिमि नगरपालिका -९ स्थित साथीको कोठामा बस्ने गरेको र उनको स्थायी घर सुनसरीको रामधुनी नगरपालिका झुम्कामा रहेको छ । उनी झुम्काबाट दुई दिनअघि मात्रै भक्तपुर पुगेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

झुम्काबाट आएर उनी आफैँ टेकु अस्पताल पुगेकी थिइन्। त्यहाँ नै उनको पीसीआर परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएको हो। 

Comments

KATHMANDU WEATHER