Loading...
Logo
Image

थिमीको शंखधर चोक वरपरको क्षेत्र सिल गरियो

काठमाडौं, बैशाख ३१ गते बुधबार ।मध्यपुर थिमीमा बस्ने एक महिलामा कोरोना संक्रमण भेटिएपछि भक्तपुरको मध्यपुर थिमी नगरपालिका ४ को शंखधर साख्वा चोक वरपरको क्षेत्र सिल गरिएको छ ।

मध्यपुर थिमी नगरपालिका वडा नं ४ शंखधर साख्वा चोक बस्ने स्वास्थ्यकर्मीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले सिल गरेको हो ।

सिल गरिएको क्षेत्रमा यातायात चल्न बन्द गरिएको छ । प्रहरीले सबैजसो सडकमा डोरी टाँगेर र बार राखेर बन्द गराएको छ ।

Comments

KATHMANDU WEATHER