Loading...
Logo
Image

कार्यालयमा मादक पदार्थ सेवन गरेपछि डिएसपी नै कारवाहीमा परे

काठमाडौं, बैशाख ३१ गते बुधबार । कार्यालय समयमा मादक पदार्थ सेवन गरी डिउटीमा वेवास्था गर्ने इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भिमलाल भट्टराई कारबाहीमा परेका छन्।

प्रदेश प्रहरी कार्यालय दाङले उनलाई जिम्मेवारीबाट हटाएर कारबाही प्रक्रिया सुरु गरेको छ ।

प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डिआईजी रबिन्द्र धानुकले डिएसपी भट्टराईलाई जिम्मेवारीबाट मुत्त गरिएको बताए ।

प्रदेश प्रहरी स्रोतका अनुसार मातहतको निर्देशन नमानेको र मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएको भेटाएपछि भट्टराईलाई कारबाहीस्वरुप प्रदेश प्रहरी कार्यालयमा तानिएको हो।


मुख्यमन्त्रीको सवारीको बेला उपस्थित नभएको र बुभ्mदा उनी मादक पदार्थ सेवन गरी बसेको खुलेको थियो । उनको कार्यशैली पनि पटक पटक विवादमा परेको थियो ।

स्रोत: Drishtinews

Comments

KATHMANDU WEATHER