Loading...
Logo
Image

आज फेरि ५ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २५० पुग्यो

काठमाडौं, जेठ १ गते बिहीबार । नेपालमा आज थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सर्लाहीका १, धनुषा र महोत्तरीका २/२ जनामा कोरोना देखिएको हो ।

यसअघि आजै बिहान कपिलवस्तुकी ६ वर्षीया बालिका र काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ ।

Comments

KATHMANDU WEATHER