Loading...
Logo
Image

गोरखा जिल्ला ५ दिनको लागि सिल गर्ने निर्णय

काठमाडौं, जेठ १ गते बिहीबार । जिल्ला स्थित कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले ५ दिन गोरखा जिल्ला सिल गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको समितिको बैठकले देशभर कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै आजदेखि ५ दिनसम्म पूरै जिल्ला सिल गर्ने निर्णय गरेको छ ।

बैठकले अन्य जिल्लाबाट हुने आवागमनलाई पूर्णरूपमा निषेध गर्ने निर्णय गरिएको छ। त्यस्तै गोरखाभित्र यसअघि खाद्यान्य बोकेका सवारी साधनलाई जिल्लाभित्र आवागमन गर्न दिइएकामा अबको ५ दिन भने त्यसलाई पनि पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ ।

बिरामी, घाइते, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, क्रियापुत्री, मलामी, वडाध्यक्षदेखि माथिका जनप्रतिनिधि वा उनीहरुका सवारी साधनलाई भने सञ्चालन गर्न दिइने निर्णय भएको छ ।

Comments

KATHMANDU WEATHER