Loading...
Logo
Image

काठमाडौंमा ६ बर्षिया बालिका कोरोना संक्रमित, टिचिङ हस्पिटल सिल गर्ने तयारी

काठमाडौं, जेठ १ गते बिहीबार ।  काठमाडौंको महाराजगञ्जमा रहेको टिचिङ अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ । उनी कपिलवस्तुबाट ६ दिन अगाडि उपचार गर्न काठमाडौं आएकी थिइन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले कपिलवस्तुबाट उपचार गर्न ल्याइएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण भएको पुष्टि गरे ।

टिचिङ अस्पतालको न्यूरो वार्डमा उपचाररत उनमा कोरोना पुष्टि भएपछि टिचिङ अस्पतालको न्यूरो वार्ड सिल गर्ने तयारी गरिएको छ ।

टिचिङ अस्पतालका निर्देशक डा. प्रेमबहादुर खड्गाले यसबारे छलफल गर्न बैठक बस्न लागेको र बैठकपछि मात्रै वास्तविकता सार्वजनिक गर्ने बताए ।

Comments

KATHMANDU WEATHER