Loading...
Logo
Image

आजदेखि गल्लीमा पनि ननिस्किनुस् नत्र पक्राउ पर्नुहोला

काठमाडौं, जेठ ३ गते शनिबार । कोरोना संक्रमितको संख्या बढिरहँदा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउन थप कडाइ गर्ने निर्णय गरेको छ । 

लकडाउनको समयमा बाहिरी सडकमा ननिस्किएपनि भित्री सडकमा मानिसहरु निस्कीने क्रम बढेकोले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय प्रसासनले गरेको छ ।

शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको हो। यसअघि काठमाडौंका मूल सडकलाई प्राथमिकतामा राखेर प्रहरी लकडाउन कार्यान्वयमा खटिएको थियो ।

प्रशासनले यसअघि जारी भएका सबै पास पनि खारेज गर्ने निर्णय गरेको छ ।

Comments

KATHMANDU WEATHER